चितवन विशेष

सप्तगण्डकीका प्राध्यापक उपाध्याय र पूर्वविद्यार्थी घिमिरेबीच सहमति

Banner

चितवन, असार १९-

सप्तगण्डकी बहुमुखी क्याम्पसमा प्राध्यापकमाथि भएको हातपातको विषयमा दुई पक्षबीच सहमति भएको छ ।

विज्ञान संकायका प्राध्यापक गिरिराज उपाध्यायमाथि दुव्र्यवहार भएको घटनामा दुई पक्षबीचमा सहमति भएको हो । समझदारी पत्रमा भनिएको छ, ‘क्याम्पसमा कार्यरत प्राध्यापक र पूर्वविद्यार्थीबीच असमझदारीको कारण उत्तेजित भई आदरणीय गुरुमाथि भएको दुव्र्यवहारमा क्षमायाचना गर्ने र दिने सहमति भएको छ ।’ समझदारी पत्रमा यस घटनापछि क्याम्पसमा सिर्जित वातावरणप्रति दुःख व्यक्त गर्दै स्वच्छ शैक्षिक वातावरण निर्माणमा सहयोगको लागि सम्बन्धित सबै पक्षमा अनुरोध पनि गरिएको छ । समझदारीपत्रमा प्राध्यापक उपाध्याय र पूर्वविद्यार्थी घिमिरेले हस्ताक्षर गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>