देश/प्रदेश

नेपालबाट विभिन्न मुलुकमा एक करोड रुपैयाँ भन्दा बढीको कपाल निर्यात

Banner

काठमाडौँ, असार १६-

चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपालबाट एक करोड रुपैयाँ बढीको कपाल विभिन्न मुलुकमा निर्यात भएको छ । नेपालबाट म्यानमारले खेर जाने कपाल लाने गरेको छ । त्यस्तै भन्सार विभागको तथ्यांकअनुसार साउन–जेठ अवधिमा नेपालबाट १ करोड ३२ लाख रुपैयाँको मानव कपाल निर्यात भएको हो ।

नेपालबाट बंगलादेश, दक्षिण कोरिया र बंगलादेशमा कपाल निर्यात हुने गरेको छ । मानिसले सैलुनमा गएर काटेको कपाल सञ्चालकले जम्मा गरेर बेच्ने गर्छन् । जुन कपाल निर्यातकर्ताले विभिन्न मुलुकमा निर्यात गर्छन् । यस अवधिमा नेपालबाट ११ हजार ८७० किलोग्राम कपाल निर्यात भएको तथ्यांकले देखाउँछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>