Breaking News

४७ वर्षसम्म अलपत्र अवस्थामा रहेको पोखरा बसपार्कको पुनः निर्माण काम सुरु

Banner

पोखरा, असार १६-

झन्डै ४७ वर्षसम्म अलपत्र अवस्थामा रहेको पोखरा बसपार्क निर्माणको प्रक्रिया पुनः अघि बढेको छ । पोखराका मेयर धनराज आचार्यका अनुसार तत्कालै नाला निर्माण र ग्राभेलको काम अघि बढ्एर पुनः निर्माणको काम अघिबढाएको हो ।

उक्त बसपार्कको आधा भागमा ग्राभेल हालेर सम्याउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण गरिएको आचार्यले बताए । उनी भन्छन्, ‘हामी बसपार्कलाई कम्तीमा यो वर्ष धुलो र हिलो मुक्त बनाउने छौं । ’

त्यस्तै ग्राभेल सकिएपछि बाँकी रहेका समस्या सुल्झाएर डीपीआर निर्माण गर्ने र सिटी बसपार्कको रूपमा स्थापित गरिने आचार्यले बताए । गत २५ जेठमा एक कार्यक्रमका बीच बसपार्कको नाला निर्माण कार्यको सुरुवात गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>