देश/प्रदेश
निरन्तरको वर्षका कारण डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध
०

बेंसीसहर, असार १६-
निरन्तरको वर्षका कारण डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । मंगलबार रातिदेखिको भीषण वर्षाले डुम्रेदेखि लमजुङ सदरमुकाम बेंसीशहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने सडक पहिरोले पुरेपछि अवरुद्ध भएको हो ।
डुम्रे–बेंसीसहर–चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार मंगलबार साँझदेखिको वर्षाका कारण डुम्रेदेखि बेंसीशहर हुँदै मनाङ जोड्ने सडक ठाउँ–ठाउँमा पहिरोले क्षति पुर्याएको छ । डुम्रे–बेंसीसहर सडकखण्ड खुल्ने र बन्द हुने भइरहेको छ । मनाङतर्फको बाटो बिहीबार साँझसम्म खुलाउने प्रयास भइरहेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>