राजनीति
पूर्वराजाले थाइल्यान्डमा जन्मदिन मनाउने,पारस सहभागी नहुने
०

काठमाडौं,असार १६-
पूर्वराजा ज्ञानेन्द्रले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन्। दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लागेका हुन् ।
पूर्व युवराज एवं छोरा पारस शाहबाहेक सबै परिवार र आफन्तसँग यही २३ गते जन्मोत्सव मनाउँदै छन्। २३ गतेबाट ७७औँ वर्ष प्रवेश गर्ने पूर्वराजा ज्ञानेन्द्रले ३ वर्षदेखि सार्वजनिक समारोह गरी जन्मोत्सव मनाएका छैनन् ।
उनले गत वर्ष भाषा र त्यसअघि हात्तीवन रिसोर्टमा सपरिवार जन्मोत्सव मनाएका थिए । कोभिडका कारण सार्वजनिक रूपमा जन्मोत्सव नमनाएका ज्ञानेन्द्रले यो वर्ष सबै आफन्तसँगै बसेर विदेशमा जन्मोत्सव मनाउन लागेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>