राजनीति

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

Banner

बुटवल,असार १५-

लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्। उनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन्। उनले राजीनामा स्वीकृत भइसकेको माओवादी केन्द्रका नेता सुदर्शन बरालले जानकारी दिए।

उनी पछिल्लो समय विवादमा आएकी थिइन्। वाइसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीमाथि हातपात गरेकी थिइन्।

सो घटनाबारे छानविनको लागि प्रदेश सरकारले समितिसमेत गठन गरेको थियो। प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राज्यमन्त्री ओलीको विषयलाई लिएर सरकारले जवाफ दिनुपर्ने भन्दै प्रदेशसभासमेत अवरोध गरेको थियो। राजनीतिक सहमतिपछि पुन प्रदेशसभा नियमित हुँदै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>