Breaking News
परीक्षार्थी उत्तिर्ण नहुदाँ त्रिविले पाएन विभिन्न पदमा कर्मचारी (नतिजा)

काठमाडौँ, असार १५-
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेवा आयोगको कर्मचारी पदपूर्तिका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । सेवा आयोगले विभिन्न पदमा लागि लिएको परीक्षा नतिजा प्रकाशन भएपनि नतिजा अनुसार अधिकांश पदमा कुनै पनि परीक्षार्थी उत्तिर्ण भएका छैन्न् ।
सेवा आयोगले उप प्रशासक खुलामा २ , महिला १, आदिवासी जनजाति १ जनाका लागि परीक्षा लिएको थियो । तर उक्त कोटाको लागि १२ जनाले परीक्षा दिएपनि एक जना पनि उत्तीर्ण नभएको आयोगले जनाएको छ । शाखा अधिकृत खुला २२, महिला ६ आदिवासी जनजाति ५, मधेसी ४, दलित १, अपांग १ र पिछडिएको क्षेत्र १ गरी ४० पदमा ५४२ जनाको परीक्षा लगिएको थियो । यसमा पनि परीक्षा दिएपनि एक जना पनि उत्तीर्ण नभएको सेवा आयोगले जनाएको छ । सेवा आयोगले मुख्य कार्यालय सहायक खुला २४ महिला ६ आदिवासी जनजाति ५, मधेसी ४, दलित १, अपांग १ र पिछडिएको क्षेत्र १ गरी ४२ जना मागेकोमा ७७७ जनाले परीक्षा दिदाँ एक जना पनि पास हुन् सकेन्न् ।
त्यस्त आयोगले कार्यालय सहायक खुला २८ महिला ८ आदिवासी जनजाति ६, मधेसी ५, दलित २, अपांग १ र पिछडिएको क्षेत्र १ जनाका लागि परीक्षा लगेको थियो । जसमा ६७२ जनाले परीक्षा दिएका थिए । यसमा भने खुलामा ४८, महिलामा २२, आदिवासी जनजाति ६, मधेसी ५ र पिछडिएको क्षेत्र ७ जना अन्तवार्ताका लागि छनोट भएका छन् । त्यस्तै आयोगले लिएको लिखित परीक्षामा पास भएकालाई अन्तर्वार्ताको लागि अर्को सूचना प्रकाशित गरिने कार्यालयले जनाएको छ ।