Breaking News

बाढीले डाइभर्सन बगाउँदा बन्द नारायणगढ-बुटवल सडकखण्ड खुलाउन दिनभर लाग्ने

Banner

नवलपुर,असार १५-

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ-बुटवल सडकखण्डको नवलपुर खण्ड बन्द भएको छ । नवलपरासी पूर्व नवलपुरको अरुणखोला दुम्किबास खण्डमा रहेका तीन वटा डाइभर्सन बाढीले बगाएको छ । अहिले यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निमित्त सूचना अधिकारी जयराम वन्तले नारायणी अनलाइनलाई बताउनुभयो ।

नारायणगढ बुटवल सडक विस्तारका क्रममा पुल निर्माण स्थलमा बनाइएका डाइभर्सन बाढीले बगाएको हो । पानी निरन्तर परेकाले तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन कठिन रहेको वन्तले बताउनुभयो । उहाँका अनुसार पानी पर्न नरोकिए सडक सूचारु गर्न दिनभर लाग्नेछ ।

यस्तै गैडाकोटको थुम्सीमा सडक एकतर्फी संचालनमा आएको छ । ट्रक हिलोमा फसेपछि सडक एकतर्फी भएको हो । अहिले ट्रक निकाल्ने काम भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>