Breaking News

प्रचण्डले भनेः पूर्वमाओवादी ध्रुवीकरण गर्न आत्मसमीक्षा गरौँ, लाज नमानी आउनुस्

Banner

काठमाडौँ,असार १५-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी ध्रुवीकरण आजको राष्ट्रिय आवश्यकता रहेको दाबी गरेका छन् । बुधबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी त्यागेर प्रवेश गरेका नेताहरूलाई सम्बोधन गर्दै प्रचण्डले भनेका छन्, ‘अहिलेलाई यत्ति भन्छु आउनुस् आत्मसमीक्षा गरेर एकठाउँमा उभिऔँ । यो आजको राष्ट्रिय आवश्यकता हो ।’

उनले आफूसँग आउनका लागि लाज नमान्न नेतारकार्यकर्ताहरूलाई आह्वानसमेत गरे, भने- ‘फेरि प्रचण्डसँग भनेर नभन्नुस्, लाज नमान्नुस् । आउनुस् एकठाउँमा उभिऔँ । हामी मिल्यौँ भने राष्ट्रियताको पक्षमा दह्रोगरी उभिन सक्छौँ । हामी मिलेपछि यस्तो शक्ति बन्छ, जसलाई कसैलाई रोक्न सक्दैन । यो मेरो जनयुद्धकालीन अनुभव र अठोट पनि हो ।’ उनले बहसमा रहको वाम एकताको पनि बचाउ गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>