Breaking News

चितवनमा खाद्यान्नको मूल्य बढ्यो, जिरामा प्रतिकेजी ५० रुपैयाँ वृद्धि (मूल्यसूचीसहित)

Banner

चितवन, असार १४-

चितवनमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ ।

किराना व्यवसायी संघ चितवनले सोमबार सार्वजनिक गरेको खाद्य पदार्थहरुको नयाँ मूल्यसूची अनुसार विभिन्न खाद्यान्नमा मूल्य बढेको हो ।

किराना व्यवसायी संघ चितवनले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार खाने तेलको मूल्य प्रतिलिटर ३०० रूपैयाँ, मुसुरो दाल प्रतिकेजी १६० रूपैयाँ पुगेको छ । किराना व्यवसायी संघ चितवनका अध्यक्ष हरिराज पौडेलले नारायणी अनलाइनसँग भारतमा खाने तेलको मूल्य घटेकोले नेपालमा पनि मूल्य केही घटेको जानकारी दिए । उनले भने, ‘ नेपालमा चामलको मूल्य किलोमा ५ देखि १० रुपैयाँ बढेको छ । बिस्कुट, चाउचाउ, जिरा, बेसार र आटामा मूल्य बढेको छ ।’ उनले पेट्रोलको मूल्य बढेसँगै धुवानीले गर्दा खाद्यान्नको मूल्य बढेको नारायणी अनलाइनलाई बताए । उनले चिनीको मूल्य भने प्रतिकेजी ९० देखि ९५ सम्म पहिलेकै दरमा बिक्री भइरहेको बताए । उनले भारतबाट चिनी आउन थालेकोले केही सजिलो भएको जानकारी दिए ।

मुसुरो दालको मूल्य अहिले प्रतिकेजी १६० रूपैयाँ छ । यो मूल्य पनि स्थिर रहेको व्यवसायीहरुले बताए । नुन प्रतिपोका २० रूपैयाँ, मस्यौरा प्रतिकिलो १९०, सोना चालम किलोको ५० रूपैयाँ खुद्रा मूल्य रहेको छ । दैनिक भान्सामा प्रयोग हुने खाद्यान्नमा मूल्य बढ्दा गरिब र निम्नवर्गका नागरिकहरु मर्कामा परेका छन् ।
नयाँ मूल्यसूचीमा उल्लेख भए अनुसार टाइचिन चिउरा प्रतिकेजी ७० रुपैयाँ, चना १०० रुपैयाँ, हरियो केराउ १३०, सेतो केराउ १२५, मुग दाल १९०, रहर दाल १७५, मास दाल १५०, जिरा चामल ७०, साबित्री चामल ५५, आलु ४५ रुपैयाँ प्रति केजी पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>