मध्य नेपाल
पहिरोले डुम्रे-बेंसीशहर सडकखण्ड अवरुद्ध
०

लमजुङ, असार १४ –
सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले डुम्रे-बेंसीशहर सडकखण्डअन्तर्गत उदिपुरखण्ड अवरुद्ध भएको छ ।
डुम्रे-बेंसीशहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुर नजिकै देउराली डाडाको पहिरोले सडक अवरुद्ध भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए ।
उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिरोले अवरुद्ध सडकका कारण वैकल्पिक रूपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले ढुङ्गा माटोसहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प भएको छ । सडकअवरुद्ध भएपछि काठमाडौँ, पोखरा, चितवनतर्फ जाने र बेंसीशहरतर्फ आउने सवारी साधन चल्न सकेका छैनन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>