Breaking News

रामचन्द्र पौडेलको प्रश्नः झाक्रीलाई रूवाएर नारा समाजवादको तर कामचाहीँ सामान्तवादको गर्ने ?

Banner

काठमाडौँ, असार १३-

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोटो समयमा मन्त्री परिवर्तन गरेकोमा नेकपा एकीकृत समाजवादीका नेताहरूप्रति असन्तुष्टि जनाएका छन् ।

आज ललितपुरमा आयोजित नेपालमा समाजवादः चुनौती र सम्भावना विषयक अन्तरक्रियामा बोल्दै नेता पौडेलले पार्टीका नेता र सांसद सबैलाई पालोपालो मन्त्री बनाउन खोजिएकोमा विरोध गरेका हुन् । नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री फिर्ता गरी ती ठाउँमा नयाँ मन्त्री पठाएपछि आइतबार मन्त्रिमण्डल पुनर्गठन भएको थियो । त्यसतर्फ लक्षित गर्दै पौडेलले छोटो समयमा मन्त्री परिवर्तन गर्न नहुने बताए ।

‘ए बाबा एउटा पार्टीका सांसद सरकारमा मन्त्री भएर गएका छन् । चार दिन हुन पाएको छैन, त्यसलाई हटाउन पर्ने ?,’ उनले भने, ‘पालोपालो मन्त्री बनाउनुपर्ने ? सबैको पालो पु¥याउनुपर्ने मन्त्री बन्नलाई ? यो कहाँ त्यस्तो हुन्छ ? सबैको पालो पुग्ने कुरा हुन्न ।’ उनले मञ्चमा रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालतर्फ लक्षित गर्दै रामकुमारी झाक्रीलाई रूवाएर समाजवाद आउँछ ? भन्ने प्रश्न पनि गरेका थिए।

‘के रामकुमारी झाक्रीलाई धरधरी रूवाएर समाजवाद आउँछ । आउँछ यो देशमा ? कसरी आउँछ ?,’ पौडेलले भने, ‘समाजवादतिर हामी गइरहेको छौं कि कतातिर जाँदैछौं ? नारा समाजवादको तर कामचाहिँ सामान्तवादका पालाका जस्तो गर्ने?’ आइतबार सहरी विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा झाक्री भावुक भएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>