देश/प्रदेश

लिफ्ट मागेर चढेका ३ जनाले लुटे कम्प्युटर अपरेटरको निजी गाडी

Banner

कैलाली, असार १३-

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा लिफ्ट मागेर चढेका ३ जनाले निजी गाडी लुटेका छन् । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरी उनको निजी गाडी लुटिएको हो ।

भण्डारीका अनुसार महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले उनलाई गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडी लुटेका थिए ।

३ जना लुटेराले उनलाई हातमुख बाँधेर ढुंगाले हानेर छाडेका थिए । त्यस्तै उनलाई पछाडी हात बाँधेको अवस्थामा छेउमा लडिरहेका देखिपछि गोदावरीकै एक स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>