Breaking News
समाजवादीका नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
०

काठमाडौँ, असार १३-
एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरुले शीतल निवासमा आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
एक समारोहमा नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् । उनले एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>