Breaking News

राजीनामा दिँदै मन्त्री श्रेष्ठले भनेः मलाई मन्त्री पदमा टाँसिरहन मन लाग्दैन, मन्त्री हुँदाभन्दा ठूलो गाडी चढेर आएको हुँ

Banner

काठमाडौँ,असार १३-

श्रममन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो कार्यकालमा आफूले केही नराम्रो नगरेको बताएका छन् । सोमबार बिहान राजीनामा दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । ‘मेरो कार्यकालमा केही नराम्रो गरिनँ, जति गरेँ राम्रो गरेँ,’ उनले भनेका छन् । उनले आफूले आफैँलाई अङ्क नदिने उल्लेख गर्दै भने, ‘मैले जति गरेँ त्यसको अङ्क जनताले दिने हुन् ।’

यस्तै उनले आफूलाई मन्त्री पदमा टाँसिरहन मन नपर्ने बताए । ‘केही साथीहरूले केही समाचारहरूमा हामीले बालुवाटार खुमलटार धाए भनेर पनि भनियो । यहाँ प्रष्ट हुन म अनुरोध गर्दछु । मलाई मन्त्री पदमा टाँसिरहन मन लाग्दैन, मन पर्दैन । म मन्त्री हुँदाभन्दा ठूलो गाडी चढेर आएको छु ।’

उनी २०७८ असोज २२ गते श्रममन्त्रीमा नियुक्त भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>