Breaking News

चितवनमा पेस्तोलसहित एक जना पक्राउ, एक लाख नगद र दुई राउण्ड गोली बरामद

Banner

चितवन, असार १२–

चितवनमा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

आज (आइतबार) विहान ६ः३० बजेको समयमा भरतपुर महानगरपालिका–८ घर भई हाल भरतपुर–५ मा डेरा गरि बस्ने वर्ष ३२ का प्रकाश वि.क.लाई प्रहरीले पेस्तोलसहित कोठाबाट पक्राउ गरेको हो ।

गत जेठ २३ गते भरतपुर–४ बाट कटुवा पेस्तोलसहित पक्राउ परेका दिपक पुन मगरलाई पक्राउ गरि अनुसन्धान गरिरहेको बेला वि.क.लाई पक्राउ गरिएको हो । वि.क.को कोठा खनतलासी गर्दा कटुवा पेस्तोलसहितका विभिन्न सामग्रीहरु प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली २ राउन्ड, १ लाख १४ हजार रुपैयाँ नगद, सुनको लकेट सहितको सिक्री एक थान, मोवाईलहरु ५ थान बरामद गरिएको छ ।

वि.क.लाई अदालतबाट म्याद अनुमति लिइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी हातहतियार खरखजना कसुरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>