Breaking News
प्रधानमन्त्री देउवाले गरे मन्त्रीपरिषद् हेरफेर, मेटमणि सहरी, जीवनराम पर्यटन मन्त्री (सूचीसहित)
०

काठमाडौँ, असार १२–
अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गरेका छन्।
सत्ताघटक नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरुलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीको नाम पठाउने निर्णय गरेसंगै प्रधानमन्त्री देउवाले आज साँझ मन्त्रीपरिषद् हेरफेर गरेका हुन् ।
आज प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरुलाई नियुक्ति गरेकी छन्। मेटमणि चौधरी सहरी विकासमन्त्री बनेका छन् भने जीवन राम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्यामन्त्री, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, बोधमायाकुमारी यादव शिक्षा विज्ञान प्रविधि राज्यमन्त्री र हिराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>