चितवन विशेष

चितवनमा विद्यार्थीलाई लागुऔषधबारे सचेतना अभियान

Banner

प्रतिमा कुमाल

चितवन, असार १२

चितवनमा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई लागुऔषधबारे सचेतनामूलक कार्यक्रम गरिएको छ ।

अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसको अवसरमा सेन्ट्रल कलेजको सहयोगमा ट्रान्सफरमेसन एण्ड युथ प्रालि नेपालको संयोजनमा भरतपुरमा विद्यार्थीलाई लागुपदार्थबारे सेचतना दिइएको हो ।

युवामा लागुऔषधको आकर्षण, प्रयोग, असर, सांस्कृतिक, वातावरणिय पक्ष, परिवार समाजको दृष्टिकोण, ऐन कानुन, सुधार र नियन्त्रणको विषयमा कार्यक्रममा छलफल भएको छ । सचेतना कार्यक्रममा प्रहरी शिक्षालय तालिम केन्द्र भरतपुर चितवनका एसपी प्रकाश मल्लले लागुपदार्थ प्रयोगकर्ता बढ्दै जानुमा अभिभावक, संस्कार, सांस्कृतिक, चलन र वातावरण मुख्य कारण रहेको बताए । यास्ता अवैध हानिकारक वस्तुको विषयमा बच्चादेखिनै जानकारी दिलाए यस्ता खालका कुलतमा फस्ने सम्भावना कम हुने उनको भनाइ छ । उनले भने, ‘हिन्दू धर्ममा गाईको मासु खान हुन्न भन्ने छ, कसैले खाने आट गर्दैन जतिनै पैसा उसलाई दिइयोस्, यही चिज युरोपेली राष्ट्रहरुमा मिठो मानी–मानी खान्छन् । हाम्रो संस्कारले गाईखान हुन्न सिकायो तर लागू औषध सेवन गर्न अनुमिति दियो ।’

मल्लले प्रहरीको डर बालबच्चालाई नदेखाउन आग्रह समेत गरेका छन् । प्रहरीले हतकडी लगाउने, जेलमा राख्ने जस्ता कुराहरु बच्चाको मानसिकतामा पर्दा उनीहरु प्रहरी प्रति त्रसित भएको जीकिर गरे । साथै उनले बालबालिकालाई सानैदेखि सकारात्मक र नकारात्मक कामहरुका विषयमा जानकारी दिनुपर्ने बताए । उनले भने, ‘विकशित देशहरुमा बाबुआमाले गलत गरे बच्चाले आफ्नो बाल अधिकार हनन भयो भनेर प्रहरीलाई खबर गर्छ । नेपालमा अधिकांश बालबालिकालाई प्रहरीको फोन नम्बर कति हो भने जान्दैनन् । बालबालिका भविष्य भएकाले उनीहरुको वर्तमानको सुरक्षा सरकारले गर्नुपर्नेमा जोड दिए ।’

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गोपाल पौडेलले लागुऔषध सरुवा रोग भएकाले फलानोको छोराछोरीले खान्छ भनेर ढुक्क नहुन आग्रह गरे । उनले यस चालु आर्थिक वर्षमा १७२ जना लागुऔषध मुद्दामा कारबाहीमा परेको बताए । जसमा पाँच जना बालक, ९ जना महिला र १५८ जना पुरुष रहेका छन् । लागुपदार्थ प्रयोगकर्ताहरुलाई परिवारका सल्लाहले सुधार केन्द्रमा राखिएको बताए ।

एकता नेपाल चितवनकी प्रतिनिधि जानकी श्रेष्ठले लागुपदार्थबाट आफ्नो अनुभव उपस्थित विद्यार्थीलाई बताइन् । लागुऔषद्य प्रयोगकर्ता सुधार गृहमा रहँदा कस्तो खालको कठिनाई हुन्छ भन्ने विद्यार्थीको जिज्ञासालाई मेट्दै उनले आफैले आफैलाई खतम गर्नेसम्मको वातावरण हुने बताइन् । उनले भनिन् ‘लत भएपछि खान नपाए आफ्नै ज्यान चिथार्ने, फिज निकाल्ने, शरीर काप्ने, शरीर आफ्नो बसमा नहुने, हड्डीहरु दुःखने लगायतको लक्ष्यण देखा पर्छ ।’ लागूपदार्थ खान्छु आफैलाई क्षति पु¥याउछु भन्ने कसैमा नहुने उनको भनाइ छ । छोड्छु भन्ने अठोट भए सक्ने बताइन् । साथै एक पटकको प्रयोगकर्ता सधैको प्रयोगकर्ता हुने भन्ने विकृत मानसिकता भएका मानिसहरुका कारण सुधार भएका मान्छे फेरि फस्ने सम्भावना भने रहने बताए ।

लाइफ क्यर सेन्टर भरतपुरका प्रमुख ज्ञानुजंग लामाले लागुपदार्थ प्रयोग गर्नेहरु रोगले भन्दा सामाजिक पारिवारिक लान्छना र भेदभावले मरेतुल्ले हुने गरेको बताए । भावनात्मक रुपमा उनीहरु निकै कमजोर र भावुक हुने हुदा बोल्ने बेलामा शब्द चयन गरेर उनीहरुसँग बोल्न आग्रह गरे । सकारात्मक मायाको भाषा प्रयोग गरे लागुऔषध प्रयोगकर्ता कम गर्न सकिने लामाको विश्वास छ । उनीहरु पनि समाजको एक नागरिक र मान्छेभएको अनुभुति दिनुपर्नेमा जोड दिइन् । ४० दिने यस कार्यक्रममा सेन्टर कलेज प्रायोजक रहेको छ । कलेजका प्रमुख वाईवी पौडेलले यस्ता खाल्का कार्यक्रमहरुलाई सधै सहयोग गर्ने बताए । चितवन सहित नवलपुर र तनहुँमा यस संस्थाले कार्यक्रम गर्दैछ । अहिलेसम्म चितवनका ९ वटा विद्यालयमा कार्यक्रम गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>