Breaking News

नवलपुरबाट चुनाव लड्ने विनोद चौधरीको तयारी, अब ‘व्याक’ मा नबसी ‘फ्रन्ट’ मा आउने प्रतिबद्धता

Banner

काठमाडौँ, असार १२-

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नवलपुर–२ बाट संघीय निर्वाचनमा लड्न तयारी गरेका छन् ।

अब पूर्णकालीन राजनीतिमा सक्रिय भएर लाग्ने भन्दै चौधरीले बाँकी जीवन कांग्रेसमै रहेन चुनाव लड्न लागेको बताएका ह्न् ।

‘६६ वर्षको उमेरमा चुनाव लड्न म वडामा गएँ । वडाबाट आएर महाधिवेशन प्रतिनिधि बने । त्यसपछि १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएँ,’ काठमाडौंमा पत्रकारहरूसँग कुराकानीका क्रममा चौधरीले भने, ‘अब ब्याक’मा बसेर हुन्न भनेर राजनीतिको ’फ्रन्ट’मै आएको छु।’ उनले पूर्णकालीन राजनीतिमा आएको भन्नुको अर्थ सबै उद्योगधन्दा छाड्ने अर्थमा नबुझ्न आग्रह गरे । ‘मेरो भूमिका कम्पनीहरूमा नीतिगत तहमा र अभिभावकको रोलमा हुनेछ,’ चौधरीले भने। आफूले संगठनकै राजनीति गर्ने उनले बताएका छन्। ‘म संगठनकै राजनीति गर्ने भनेर वडादेखि प्रतिनिधि भएर पार्टीको केन्द्रीय समितिमा आइसकेँ। म ब्याक डोरबाट होइन, फ्रन्ट डोरकै राजनीतिमा छु,’ उनले भने।

उनी कांग्रेसबाट समानुपातिकतर्फ सांसद पनि छन् । अब हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नवलपुरबाट प्रत्यक्षतर्फ चुनाव लड्ने मनस्थिति रहेको उनले बताएका छन्। ‘नवलपुरका सबै स्थानीय तह र वडा–वडासम्म पुगेर स्थानीय बासिन्दाहरूसँग कुराकानी गरेको छु । त्यहाँको सुख, दुःखबारे बुझ्ने प्रयास गरेको छु । महाधिवेशनदेखि नै नवलपुरमा धेरै समय दिएको हुँ,’ उनले भने, ‘प्रत्यक्षतर्फ चुनाव लड्ने मनस्थिति बनाएर गाउँ–गाउँ गएको छु । तर कहाँ कसलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गर्छ, पार्टीको निर्णय मान्छु ।’

नवलपुरमा प्रतिनिधि सभातर्फ दुई क्षेत्र छन् । क्षेत्र नम्बर १ मा २०७४ को चुनावमा कांग्रेसका निवर्तमान महामन्त्री शशांक कोइराला निर्वाचित भएका थिए।

यसपालि क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ चौधरीले उम्मेदवारी दिने तयारी गरेका छन् । ‘नवलपुरको क्षेत्र नम्बर २ मा कांग्रेसले जितेको छैन, म चुनौती सामना गर्न तयार छु,’ चौधरीले भने। ०७४ मा नवलपुर २ मा नेकपा एमालेले चुनाव जितेको थियो। चौधरीले स्वतन्त्रहरू पनि स्थानीय चुनाव जितिरहेको प्रसंग निकाल्दै कांग्रेसले उम्मेदवार चयन गर्दा यसबाट पाठ लिन सक्नुपर्नेमा जोड दिए। फरक क्षेत्रका व्यक्ति राजनीतिमा आउन चाहेमा उसको क्षमता हेरेर पार्टीले स्थान दिनुपर्ने पनि चौधरी बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>