चितवन विशेष

भरतपुर विमानस्थलको टावरनजिक लागेको आगो नियन्त्रणमा

Banner

चितवन,असार १२-

चितवनको भरतपुर विमानस्थलको टावरनजिक बिजुलीको तारमा करेन्ट सर्ट भई एक्कासि लागेको आगो नियन्त्रणमा आएको छ । आइतबार बिहान ३ः४० बजेको समयमा भएको आगलागीबाट बिजुलीको तार, टेलिफोनको तार र इन्टरनेटको तारमा क्षति पुगेको प्रहरीले जनाएको छ । विमानस्थलको टावरमा भने केही नभएको र आगलागीमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

सो स्थानमा आगलागी हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र दमकलको सहयोगमा आइतबार बिहान ३ः५० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जनाकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>