चितवन विशेष

भरतपुरमा भएको खुला रक्तदानमा ५१ जनाले गरे रक्तदान

Banner

चितवन, असार ५-

भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मुटु अस्पतालको परिसरमा खुल्ला रक्तदान भएको खुला रक्तदानमा ५१ जनाले रक्तदान गरेका छन् ।

लायन्स क्लब अफ चितवन मुटु, चितवन मुटु अस्पताललगायत चितवनमा सक्रिय सातवटा संघसंस्थाको आयोजनामा खुला रक्तदान भएको हो । सो कार्यक्रममा ५१ जनाले रक्तदान गर्नुभएको लायन्स क्लब अफ चितवन मुटुका सचिव सोभित तिमिल्सिनाले बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य महेन्द्रप्रसाद श्रेष्ठले पानसमा दीपप्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् । खुला रक्तदान कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट (३२५ आर)का द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर एमजेएफ दिनानाथ न्यौपाने, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य शिला परियार, भरतपुर क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेलले मन्तव्य राखेका थिए । यस्तै नेपाल हृदय रोग निवारण प्रतिष्ठानका केन्द्रीय सदस्य भोजराज कौडेल, शिक्षाविद डा इश्वरीराज लौडारी, समाजसेवी बद्री तिमिल्सेनालगायतको उपस्थिति सहितको कार्यक्रममा उनीहरुले शुभकामना तथा मानव जीवनमा रगतको महत्वबारे प्रकाश पारेका थिए ।
लायन्स क्लब अफ चितवन मुटुका अध्यक्ष वरिष्ठ मुटु रोग विशेषज्ञ डा शंकर लौडारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो क्रममा डा लौडारीले आफू स्वयं स्वास्थ्य क्षेत्रको जिम्मेवार व्यक्ति भएकाले पनि यस्ता कार्यक्रमले आफूलाई थप सक्रिय रुपमा समाज सेवा तर्फ लाग्न उत्प्रेरणा मिलेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>