Breaking News
पोखरामा अविरल वर्षाका कारण बाढी पहिरोः १५० बढी परिवारलाई सारियो सुरक्षित स्थानमा
०

पोखरा, असार ११-
शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखराका बस्ती डुबानमा परेका छन् । पोखरा वडानम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै कस्ती डुबानमा परेपछि १५० बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।
वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले दिएको जानकारी अनुसार पहिरोमा विभिन्न गाई तथा पशु फार्म बगाउँदा २५ भन्दा बढी खसी बाख्रा पुरिएको छ ।
उनका अनुसार पोखरा २५ हेमजाको सुइँखेत क्षेत्रमा पानी जम्दा करिब ढेडसयभन्दा बढी घर भएको बस्ती डुबानमा परेको छ । उनले भने, ‘ हाल टोलबासीहरूलाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको छ । त्यस्तै पोखरा २५ क्षेत्रमै गएको पहिरोले १२ वटा घर क्षति पुर्याएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>