चितवन विशेष

शेयर कारोबार बारे बीसहजार जेसीजको प्रशिक्षण

Banner

चितवन, असार १०–

बीसहजार जेसीजको आयोजनामा भरतपुरमा शेयर कारोबार सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम भएको छ ।

शेयर बजारमा प्रवेश गर्न चाहनेहरूको लागि प्राथमिकतामा राखेर जेसीजले अन्तरक्रिया आयोजना गरेको हो । कार्यक्रममा शेयर बजारमा चासो रहेकाहरुको उल्लेख्य सहभागिता रहेको थियो । शेयर बजारका विज्ञ दीपक गौतमले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो । उहाँले शेयर बजारको शुरुवाती चरण आईपियो भर्नेदेखि सेकेन्डरी बजारमा कसरी प्रवेश गर्ने र शेयर बजारका सम्भावना र जोखिमको बारेमा प्रशिक्षित गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष अरुणेश्वर खनालको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले शेयर बजार मानव जीवनको लागि महत्वपूर्ण ज्ञान भएको बताउनुभयो । मानव भएर अस्तित्वको लागि सङघर्ष गर्नुपर्ने उहाँको तर्क छ ।

कार्यक्रममा बीसहजार जेसीजका पूर्व अध्यक्ष एवं पूर्व राष्ट्रिय उपाध्यक्ष जेसी जनक घिमिरे, सोही जेसीजका पूर्व अध्यक्ष सन्तोष मजाकोटी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बीसहजार जेसीजका अध्यक्ष वेदराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो।

बीसहजार जेसीजकी उपाध्यक्ष जमुना पौडेलको संयोजकत्वमा भएको कार्यक्रम महासचिव विजय न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>