चितवन विशेष

नारायणगढको बागेश्वरी सहकारीले सञ्चालनमा ल्यायो सामुदायीक मिनी मार्ट

Banner

चितवन,असार १०-

नारायणगढको लायन्सचोकमा सामुदायीक  मिनी मार्ट आज (शुक्रबार) देखि सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका ३ स्थित बागेश्वरी उपभोक्ता सहकारी संस्थाले मिनी मार्ट सञ्चालनमा ल्याएको हो ।

मिनी मार्टको एक कार्यक्रमकाबीच बागमती प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले उदघाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले सहकारीका माध्यामबाट नागरिकको जीवनस्तर सुधार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेश सरकारले सहकारीलाई प्राथमिकतामा राखेको भन्दै सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

सुरुवाती चरणमा सानो लगानीबाट मिनी मार्ट सञ्चालन गरिएको सहकारी संस्थाका अध्यक्ष मेघनाथ बरालले बताउनुभयो । मिनी मार्टमा दैनिक उपभोग्य खाद्य बस्तुहरु प्राप्त गर्न सकिने उहाँले जानकारी दिनुभयो । मार्टमा अर्गानिक खाद्य बस्तुलाई जोड दिईएको समेत उहाँले बताउनुभयो । निकट भविष्यमा अर्गानिक खाद्य बस्तु मात्रै बिक्री गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

मिनी मार्टमा एक जना छुट्टै कर्मचारी राखिएको छ । यसमा सहकारीका शेयर सदस्यहरुको लगानी छ । गत वर्षबाट सञ्चालनमा आएको सहकारीमा दुई सय ७० शेयर सदस्य छन् । सहकारीको संस्थागत पुजी १ करोड ३२ लाख रहेको जानकारी दिइएको छ । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी,सहकारी संस्थाका सल्लाहाकार समिति संयोजक चन्द्रमित्र पण्डित लगायतले बोल्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>