Breaking News

निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता गर्न आयोगको आग्रह, १० मंसिर भित्र निर्वाचन सक्ने तयारी

Banner

काठमाडौँ, असार १०-

मंसिर १० गते भित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी आयोगले तयारी गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार आगामी मंसिर १० गतेभित्र प्रदेश र संघको निर्वाचन सक्ने गरी आयोगले तयारी गरेको हो । महिला तथा सामाजिक समितिको बैठकमा उनले मंसिर १० गते भित्र निर्वाचन सक्ने गरी तयारी भएको जानकारी दिए । त्यस्तै हाल सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्न उनले आग्रह गरेका छन् ।

निर्वाचन महँगो खर्चिलो र भड्किलो हुनु नैतिकताको विषय रहेको भन्दै थपलियाले चुनाव खर्चिलो र भड्किलो भयो भनेर आयोगको आलोचना भइरहेकोमा आपत्ति समेत जनाए । त्यस्तै उन भन्छन्, ‘कुनै एक पदमा मात्रै उम्मेदवारी दिए महिलाको नै मनोनयन दर्ता गराउनु पर्ने व्यवस्था गर्नुपर्छ, त्यसका लागि सहयोग गर्नुहोस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.