Breaking News

वर्षा बाधक बन्दा नेपाल एसिया कप खेल्न असफल

Banner

काठमाडौँ, असार १०–

अन्ततः वर्षा बाधक बनेपछि नेपाल एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलबाट बाहिरिएको छ ।

नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिन पुगेको हो । खेल रद्ध भएसँगै युएई समूह ‘ए’ को विजेताको कारण फाइनलमा पुगेको छ ।

मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भएको थियो । नेपालकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले पाँच विकेट लिएपछि नेपालले ८२ रनको सामान्य लक्ष्य पाएको हो । तर दोस्रो इनिङ हुन नसकेपछि नेपाल बाहिरिएको हो ।

नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता हो । आइसिसीको नियम अनुसार नेपाल बाहिरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>