Breaking News

नेपाल र युएइबीचको सेमीफाइनल खेल वर्षाले रोकियो

Banner

काठमाडौँ, असार १०–

नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रोकिएको छ। मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत किनरारा एकेडेमी ओभलमा भइरहेको खेल वर्षा कारण रोकिएको हो। नेपाल जवाफी व्याटिङ गर्ने क्रममा वर्षा भएपछि खेल रोकिन पुगेको हो ।

यसअघि आश्मिना कर्माचार्यले युएईको ५ विकेट लिएपछि फाइनल प्रवेशका लागि नेपालले ८२ रनको लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा अलआउट हुँदै ८१ रनमा समेटियो।

मलेसियाका लागि वैष्णव महेशले सर्वाधिक १६ रन बनाइन्। इशा ओझाले १५ रन बनाउँदा कप्तान छायाँ मुगहालले १४ रन जोडिन्। यस्तै खुसी शर्माले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

युएईलाई मध्यम योगफलमा रोक्न नेपालका लागि आश्मिना कर्माचार्यले सर्वाधिक ५ विकेट लिइन्। ईन्दु बर्माले ३ विकेट लिँदा सीता रानामगरले २ विकेट हात पारिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>