Breaking News

नेपाल एसपिपीमा सहभागी नहुने निर्णयको चीनले गर्‍यो प्रशंसा

Banner

काठमाडौं,असार ९-

चीनले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने नेपाल सरकारको निर्णयको प्रशंसा गरेको छ। चिनियाँ विदेश मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षामा सधैँ सघाउने पनि बताए।

उनले नाटोलाई चिनियाँबिरुद्ध गलत सूचना नफैल्याउन, विवाद निम्त्याउने गरी रणनीतिक मार्ग निर्माण नगर्न र नयाँ शीतयुद्ध ननिम्त्याउन पनि चेतावनी दिएको छ। उनले अमेरिकी शैलीको प्रजातन्त्रबारे प्रशस्त प्रश्न उठाइएको र आलोचना गरिएको पनि बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>