चितवन विशेष

राप्रपाले भरतपुर महानगरमा विद्यार्थी संगठन विस्तार गर्‍यो,अध्यक्ष बने गुरुङ

Banner

चितवन,असार ९-

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन राट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन भरतपुर महानगर कमिटी गठन भएको छ । आज (पार्टी) कार्यालयमा आयोजित भेलाम मार्फत रोशन गुरुङको अध्यक्षतामा २१ सदस्सीय कमिटी गठन गरिएको हो ।

केही पदाधिकारी र सदस्य छिट्टै टुंगो लगाउनेगरी महानगर कमिटी गठन गरिएको महानगर कमिटी सचिव सुलभ सिग्देलले जानकारी दिनुभयो । भेला राप्रपा सहमहामन्त्री रिना गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महानगर अध्यक्ष दिपक थापाको अध्यक्षतामा भएको हो । भेलामा सिमा घतान विश्वकर्मा,जीवलाल पुरी,भिम बहादुर वानिया,रामजी अधिकारी,चुडामणि सापकोटा,रामचन्द्र वस्ती लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.