Breaking News

बागमती प्रदेशमा आधा-आधा अवधि मुख्यमन्त्री बनाउने सहमति पत्र सार्वजनिक

Banner

काठमाडौं,असार ९-

बागमती प्रदेशमा नेपाली कांग्रेस र एकीकृत समाजवादीले आधा-आधा समय मुख्यमन्त्री पाउने सहमति सार्वजनिक भएको छ। एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डे सम्झौताअनुसार हट्न तयार नभएपछि कांग्रेसले उक्त सहमति पत्र सार्वजनिक गरेको हो।

२०७८ साल कात्तिक ७ गते तीन दलबीच सहमति भएको हो। सहमतिमा सत्तागठबन्धनका तर्फबाट मुख्यमन्त्री पाण्डे, कांग्रेस बागमती अध्यक्ष इन्द्रबहादुर बानियाँ र नेकपा माओवादी केन्द्रका नेता सालिकराम जमरकट्टेलको हस्ताक्षर छ।

सोही सहमतिका आधारमा २०७८ साल कात्तिक ११ गते एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बनेका थिए। त्यसपछिको दोस्रो आधा अवधि कांग्रेसका बानियाँ मुख्यमन्त्री हुने सहमति थियो। मंसिरमा निर्वाचनको तयारी सरकारले गरेको छ।

झन्डै ९ महिनासम्म मुख्यमन्त्री बनिसकेका पाण्डेलाई सहमति कार्यान्वयन गर्न बानियाँका तर्फबाट आन्तरिक दबाब पर्दै आएको छ। तर, सत्ता गठबन्धनका शिर्ष नेताहरुले प्रदेश नेतृत्व हेरफेरमा छलफल नै नगरेपछि उक्त् सहमति अलपत्र परेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>