समाज

विहे गरेर जापान लैजाने भन्दै ठगी गर्दै यी युवती,चार जनासंग विवाह

Banner

काठमाडौं,असार ९-

झट्ट हेर्दा २५–२६ वर्षकी जस्तो देखिने युवती, सुन्दर अनुहार अनि मीठो बोली । आफूलाई अविवाहित, राम्रो केटा पाए विवाह गर्ने तयारीमा रहेको जापानमा बसेर व्यापार व्यवसाय गरिरहेको बताउने । उनी हुन् भावना तामाङ । सिन्धुपाल्चोकको पिपलडाँडा वडा नम्बर ८ घर भई जापानमा बसिरहेकी तिनै भावनाको नामबाट मलेसियामा व्यापार व्यवसाय गरेर बसिरहेका फुर्वा मोक्तानलाई फेसबुकमा रिक्वेस्ट र म्यासेज आउँछ । सुरुमै भावनाले फुर्वालाई आफू उनको समाजसेवाबाट प्रभावित भएको र साथी बन्न चाहेको कुरा बताउँछिन् । यो कुरा सन् २०२१ को जनवरीको हो ।

मकवानपुरमा जन्मिई रौतहटमा बसाइसराई गरेका ३४ वर्षीय फुर्वाको मलेसियामा रेस्टुरेन्ट व्यवसाय थियो । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका फुर्वाले त्यहाँ आफ्नै रेस्टुरेन्ट सञ्चालन गरेर बसेका थिए । व्यवसायसँगै उनले मलेसियामा समस्यामा परेका युवायुवतीको उद्धार लगायतका काममा पनि सहयोग गर्थे ।

भावनाको म्यासेजलाई फुर्वाले सुरुमा सामान्य रूपमै लिँदै कुराकानीलाई निरन्तरता दिए । कुरा अघि बढ्दै गएपछि फुर्वाले आफू विवाह गर्न लागेको र राम्री युवतीको खोजीमा रहेको कुरा भावनालाई सुनाउँछन् । उता भावनाले पनि आफ्नो विवाह गर्ने उमेर भएको कुरा राख्छिन् । त्यति बेला भावनाले आफू २०४६ सालमा जन्मिएको र उमेर ३१ वर्ष पुगेको बताएकी थिइन् ।

दुवै तामाङ परिवारका थिए । फुर्वाले पनि कुण्डली हेरेर सबै कुरा मिले विवाह गर्ने प्रस्ताव गरे । भावनाले पनि हुन्छ भन्ने जवाफ दिइन् । जनवरीबाट सुरु भएको कुराकानी फेब्रुअरीमा प्रेम र विवाहसम्मको कुराकानी भइसकेको थियो । दुवै जना विवाह गर्ने तयारीमा पुगे । तर भावनाले आफूलाई ढाडमा समस्या भएकाले काम नगरेको तर आफ्नो व्यापार भाइहरूले हेरिरहेको बताइन् । उनले आफूले काम नगरेकाले तत्काल आफूसँग त्यति धेरै रकमसमेत नभएको बताइन् । मलेसियामा राम्रो व्यवसाय गरिरहेका फुर्वाले तत्कालै भावनाका लागि भन्दै नेपालमा रहेकी उनकी आमाको नाममा ८ लाख पठाइदिए ।

फुर्वाले प्रेम दिवस अर्थात् फेब्रुअरी १४ तारेखका दिन विवाह गर्न अनुरोध गरे । सुरुमा भावनाले पनि हुन्छ भनिन् । तर उक्त समयमा टिकट नपाइएको भन्दै भावना १९ फेब्रुअरी २०२१ मा मात्र नेपाल आइन् । फुर्वा भने १३ फेब्रुअरी २०२१ मै नेपाल आइसकेका थिए ।

२०७७ फागुन ७ गते नेपाल आइपुगेकी भावनाले त्यसको तीन दिनपछि अर्थात् २०७७ फागुन १० गते फुर्वासँग विवाह गरेर फुर्वाको घर भित्रिइन् । विवाहका लागि फुर्वाले दुलही भावना तामाङ, उनकी आमा, उनकी दिदी लगायतका आफन्तका लागि करिब २५ तोला सुन किने । अन्य कामका लागि भन्दै उनले करिब १५ लाख थप खर्च गरे ।

विवाह गरेको तीन दिन फुर्वाको घरमा बसेपछि भावना माइतीमा केही काम छ भन्दै फुर्वाको घरबाट निस्किइन् । त्यसको भोलिपल्टदेखि उनको मोबाइल अफ भयो । घरबाट निस्किएको चार दिनपछि बल्ल भावनाको मोबाइलको स्वीच अन भयो । किन अफ गरेको भन्दा माइतीमा केही काम थियो भन्ने जवाफमात्रै दिइन्, अरू केही बताइनन् ।

फुर्वाले भावनासँग विवाह गरी जापान जाने र उतै व्यापार व्यवसाय गर्ने भनेर मलेसियामा भएको दुईवटै रेस्टुरेन्ट बेचेर नेपाल आएका थिए । नेपालमा बुवाको नाममा घर र दुई स्थानमा जग्गासमेत थियो । जापान जान सम्पत्ति देखाउनुपर्ने भन्दै भावनाले बुवाको नाममा रहेको घरसमेत आफू र फुर्वाको नाममा ल्याउन लगाइन् भने जग्गासमेत बिक्री गर्ने गरी ग्राहक खोजे । भावनाको नाममा बौद्धको नयाँ बस्ती र लोकन्थलीमा घर थियो । फुर्वाले ती सबै घर पनि अब आफ्नोसमेत रहेको भन्दै भावनाले जे जे भने त्यही त्यही गरिरहे । भावनाले घरसमेत बेच्ने योजना सुनाए पनि फुर्वाको बुवाले नमानेपछि त्यही घर धितोमा राखेर ऋण लिने योजना बनाइन् । फुर्वाले भावनाको त्यो योजनामा समेत साथ दिए ।

नेपाली परम्परा अनुसार विवाह गरेपछि केटाको घरमा गएर बस्ने भए पनि भावना भने फुर्वाको घरमा बस्न मानिनन् । बरु बौद्ध नयाँ बस्तीमा रहेको आफ्नै घरमा बस्न जान्थिन् । फुर्वा पनि भावनासँगै नयाँ बस्तीमै गएर बस्न थाले । जब फुर्वा भावनाको नाममा रहेको नयाँ बस्तीको घरमा पुगे, त्यसपछि भावनाले सम्पत्ति हाम्रै त हो, यो घरको ऋण छ तिर्नुपर्‍यो भनी फुर्वासँग पैसा मागिन् । फुर्वाले पनि भावना आफ्नो श्रीमती भएको र सम्पत्ति आफ्नो पनि त हो नि भन्दै घर बनाउँदाको ऋण तिर्न सहमत भए ।

तर जब ऋण तिर्ने बेला भयो, भावनाले ऋण संयुक्तरुपमा लिएको कुरा सुनाइन् । भावनाले धादिङ घर भएका विकाश तामाङ (नाम परिवर्तन)लाई श्रीमान् बनाएर संयुक्तरुपमा ऋण लिएकी थिइन् । फुर्वाले यी व्यक्ति को हुन् भनेर सोध्दा भावनाले कागजी श्रीमान् भएको र जापान लैजाने प्रयोजनका लागि पैसा लिएर श्रीमान् बनाएको कुरा बताइन् । फुर्वाले त्यसबारे थप केही नबुझी उक्त घरको ऋणमध्ये २५ लाख रुपैयाँ तिरिदिए ।

भावनाले पटकपटक विभिन्न बहाना बनाएर सम्पत्ति देखाउन, सानो सानो ऋण तिर्न भन्दै पटकपटक लाखौँ रकम लिइन् । कहिले सानीआमाको ऋण तिर्नु छ भनेर त कहिले भाइ लगायतको ऋण तिर्नु छ भनेर पैसा लिएको फुर्वाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>