देश/प्रदेश

महिलाविरुद्धका सबै हिंसा अन्त्य हुनुपर्छ: नेपाल अपाङ्ग महिला संघ

Banner

जुम्ला, असार ८-

नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका व्यक्ति र महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न माग गरेको छ । नेपाल अपाङ्ग महिला संघ जुम्लाको बुधबार चन्दननाथ नगरपालिकामा आयोजना गरेको कार्यक्रममा यस्तो माग गरिएको हो ।

अपाङ्गता भएका महिलाविरुद्ध हुने हिंसा न्यूनीकरणमा सबैको एकमत हुनु पर्ने अपाङ्ग महिला संघकी कर्णाली प्रदेशकी सम्पर्क व्यक्ति धनसरा शाहीले बताइन । उनले भनिन्, ‘समग्र महिला लैङ्गिक विभेदको मारमा परिरहेको अवस्थामा अपाङ्गता भएका महिला झन् धेरै प्रकारका हिंसा, यातनाबाट पीडित हुने गरेका छन् । उनले अपाङ्गता भएका महिला अवसरबाट समेत वञ्चित हुने अवस्था निर्मुल गर्न आवश्यक रहेको बताइन । यस्तै, अपाङ्गता भएका महिला बलात्कार तथा यौन दुर्व्यवहारको शिकार हुन नदिनको सचेतना फैलाउन जरुरी रहेको उनको भनाइ छ ।

चन्दननाथ नगरपालिका महिला तथा बालवालिका शाखाका बालकल्याण अधिकारी पुष्पा थापाले महिला हिंसा न्यूनिकरणका लागि विभिन्न क्रियाकलाप भइरहेको बताइन ।उनले हिंसा न्यूनिकरणका लागि बनाएका कानुन र तिनको कार्यान्वयन बारे सबै महिला जानकार हुनुपर्ने बताइन ।

कार्यक्रममा चन्दननाथ नगरपालिका महिला तथा बालवालिका शाखाका प्रमुख माया थापा, नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, अपाङ्ग पूनर्स्थापना तथा विकास केन्द्रकी उपाध्यक्ष कमला बुढालगायतले अपांगता भएका व्याक्तिलाई सीपमुलक र आयआर्जनका कार्यक्रममा सहभागी गराउन सुझाब दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>