चितवन विशेष
नारायणी नदीमा आउनसक्छ आकस्मिक बहाव, सतर्क रहन आग्रह
०
चितवन, असार ८-
नारायणी नदीमा आज बुधबारबाट पर्सी शुक्रबारसम्म आकस्मिकरुपमा बहाव बढ्ने भएको छ ।
पानी परिरहेकाले बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज प्रेषित गरेको पूर्वानुमान अनुसार नारायणी नदीका सहायक नदीहरु मस्र्याङ्दी, सेती, कालीगण्डकी, त्रिशुली र बुढी गण्डकीमा अबको तीन दिन सामान्य र उल्लेख्यरुपमा पानीको बहाब बढ्ने उल्लेख गरिएको छ । ती नदीहरुमा बहाब बढ्दा स्वत नारायणी नदीमा पानीको बहाब बढ्ने देखिन्छ ।
त्यसैगरी संखुवासभा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, म्याग्दी, पर्वत र आसपास भएर बहने केही स–साना नदीमा बहाव बढ्ने भएको छ । केही नदीमा आकस्मिक वहाबसमेत हुन सक्ने भएकाले उक्त जिल्ला भएर बहने स–साना नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>