चितवन विशेष

मुल्यबृद्धीको विरोधमा अनेरास्ववियू सप्तगण्डकी क्याम्पसद्धारा विरोध प्रदर्शन

Banner

चितवन, असार ८-

मुल्यबृद्धिको विरोधमा भरतपुरको सप्तगण्डकी कलेज परिसरमा विरोध प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू सप्तगण्डकीले आज बिहान ८ः३० बजे देखि क्यामपसको गेटमा प्रदर्शन गरेको हो । विद्यार्थीहरुले पेट्रोलियम पदार्थ र अत्यावश्यक वस्तुको मुल्यवृद्दि अबिलम्ब फिर्ता गर्न माग गरेका छन् ।

पछिल्लो समय देशमा घटेका विभिन्न राजनीतिक घटनहरुको समेत विद्यार्थीले विरोध गरेका छन् । पेट्रोलियम पदार्थको मुल्यवृद्धिको निर्णय फिर्ता लिन माग गर्दै महँगी नियन्त्रण गर्न, किसानलाई रासायनिक मल उपलब्ध गराउन, बलात्कारीलाई सजाय दिन विद्यार्थीले माग गरेका छन । त्यस्तै एसपीपी सम्झौता खारेज गर्न, अर्थ मन्त्रालयको सिसिटिभी फुटेज सार्वजनिक गर्न समेत आफ्नो संगठनले माग गरेको अनेरास्ववियू सप्तगण्डकी क्याम्पस कमिटीका अध्यक्ष महेश सापकोटाले जानकारी दिए । उनले विद्यार्थीको माग सम्बोधन नगरे थप आन्दोलन चर्काउँदै लैजाने चेतावनी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>