Breaking News
मूल्यवृद्धिको विरोधमा एमाले कार्यकर्ताः सरकारी साधन सञ्चालनमा रोक, गाडि मोटरसाइकल नियन्त्रणमा
०

धनगढी , असार ८-
मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा सरकारी गाडीहरुलाई आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालनका लागि अवरोध गरिएको छ ।
नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले मूल्य वृद्धिको विरोधमा सबै सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेको हो । युवाहरूले आन्दोलनका कार्यक्रम अन्तरगत सरकारी सवारीसाधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ–ठाउँमा रोकेर चावी खोस्दै विरोध गरेका हुन् ।
त्यस्तै हाल सम्म धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडि र २५ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको छ । र उक्त सवारीसाधन पाँच बजेपछि मात्र छाडिने राष्ट्रिय युवा संघ धनगढी नगर किमिटी संयोजक अविशेक नाथले बताए ।