देश/प्रदेश

काठमाडौंमा भ्यूटावरको ११ तला बन्यो, एक तला बाँकी

Banner

काठमाडौं,असार ७-

काठमाडौं भ्यूटावरको निर्माण कार्य जारी रहेको छ । १२ तलामध्ये ११ तलाको ढलान कार्य पूरा भएको छ । पुरानो बसपार्कस्थित निर्माणाधीन काठमाडौं भ्यूटावरको नौ तलाको निर्माण कार्य भइरहेको जानकारी काठमाडौं महानगरपालिकाअन्तर्गतको निजी साझेदारी एकाईले जनाएको छ ।

भ्यूटावर जमिनमाथि ११ र जमिनमुनि दुई वटा टर्मिनल हुने गरी भूमिगत रहेको छ । एकाईका अनुसार अब उठाइरहेको एक तला ढलान सम्पन्न भएपछि प्रालिले अनुमति लिएको १२ तला पूरा हुन्छ । भूमिगत सहित १२ तला कमर्सियल कम्प्लेक्स छ महिनाभित्र पूरा गर्ने प्रालिले जनाएको एकाईको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>