राजनीति

महँगी बढ्ने कुरा सरकारको हातमा छैनः सञ्चार मन्त्री कार्की

Banner

कास्की,असार ७-

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महँगी बढ्ने कुरा सरकारको हातमा मात्र नरहेको बताउनुभएको छ । पेट्रोलियम पदार्थमा मूल्य बढ्दा अरू क्षेत्रमा महँगी बढेको बताउँदै पेट्रोलियम पदार्थलाई विस्थापित गर्न ऊर्जामा जोड दिनुपर्ने उहाँको भनाइ छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७८ वितरण समारोहमा मन्त्री कार्कीले ऊर्जा विकासलाई व्यवस्थित गर्दै उत्पादित ऊर्जा खेर नजाने गरी खपत बढाउनुपर्ने ताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले शासन पद्धतिमा परिवर्तनसँगै जनताको जीवनस्तरमा पनि परिवर्तन आउनु आवश्यक रहेको बताउनुभयो । आउँदा दिनमा नेपालीलाई कसरी सम्पन्न बनाउने भन्नेतर्फ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । आउँदो पुस्तालाई समृद्ध पुस्ता बनाउने गरी पुँजी निर्माणका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>