Breaking News

भरतपुर महानगर क्षेत्रभित्र छिट्टै नै सात हजार पाँच सय स्मार्ट सडक बत्ती जोडिन्छ: मेयर दाहाल

Banner

चितवन, असार ७-

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगर क्षेत्रभित्र छिट्टै नै सात हजार ५०० स्मार्ट सडक बत्ती जडान गरिने बताएकी छन् ।

चितवन उद्योग संघले आज भरतपुर महानगरपालिकाको सभा हलमा गरेको मेयर तथा उपमेयरलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले सो दाबी गरेकी हुन् ।

मेयर दाहालले नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको सहकार्यमा २५० किलोमिटर सडकमा सात हजार ५०० स्मार्ट सडक बत्ती जडान कार्य भइरहेको जानकारी दिइन् ।
महानगरको आगामी विकास निर्माणका विषयमा विषयगत क्षेत्रसँग गहन छलफल चलिरहेको उनले उल्लेख गरिन् । प्रमुख दाहालले व्यवसाय र घरबाहाल करलाई व्यवस्थित बनाउन चितवन उद्योग संघलाई आग्रह गरिन् । करको दायरालाई व्यवस्थित गर्ने सवालमा सबैलाई एकै ठाउँमा उभिन पनि प्रमुख दाहालले आग्रह गरिन् ।

कार्यक्रममा संघले भरतपुर महानगरपालिकाको समृद्ध विकासको लागि केही नीतिगत सुझावहरु समेत दिएको छ । संघले औद्योगिक ग्राम स्थापना र नेपालकै पहिलो औधोगिक पाठशालालाइ सहयोग गर्नुपर्ने, सडकमा भएका बिजुलीका तार र टेलिफोनका तारहरुलाइ संरक्षण गर्न महानगरको ध्यानाकर्षण गराएको छ । त्यस्तै हाटबजारमा स्थानीय उत्पादनले प्राथमिकता पाउनुपर्ने, महानगरको वेभ पोट्रलमा स्थानीय उत्पादनको बारेमा तथ्यांक राख्ने वातावरण मिलाउने लगायतका विषयमा महानगरले सहयोग गर्न संघले आग्रह गरेको छ ।

कार्यक्रममा महानगर शैक्षिक महाशाखाका प्रमुख महेन्द्र पौडेल, भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनाल, भरतपुर–१२ का वडा अध्यक्ष लेखराज पन्त, भरतपुर–१५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा र भरतपुर–२६ का वडा अध्यक्ष ज्ञानप्रसाद खनालको उपस्थिति रहेको थियोे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>