राजनीति

काठमाडौं क्षेत्र नं ६ बाट चुनाव लड्ने तयारीमा पुर्व आइजीपी सर्वेन्द्र खनाल

Banner

काठमाडौं,असार ७-

नेपाल प्रहरीका पुर्व आइजीपी सर्वेन्द्र खनाल प्रतिनिधि सभा चुनावमा काठमाडौं क्षेत्र नं – ६ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । निकटस्थ स्रोतका अनुसार खनालको मतदाता नामावली भएको क्षेत्र भएकोले उनले क्षेत्र नं –६ रोजेका छन् । तर, उनले अहिलेसम्म यो बिषयलाई औपचारिक रुपमा सार्बजनिक गरेका छैनन् ।

उनलाई नेकपा एमालेले यो क्षेत्रबाट उम्मेदवार बनाउने सम्भावना पनि रहेको बताइएको छ । एमालेका एक केन्द्रीय पदाधिकारीका अनुसार, खनाललाई पार्टीमा प्रवेश गराएर क्षेत्र – ६ बाट उठाउने सल्लाह भइरहेको छ । तर, स्वयम खनाल भने एमालेमा गइहाल्ने मुडमा छैनन् । उनि स्वतन्त्र समुह तयार गरेर अलग्गै चुनावमा होमिन चाहन्छन् ।

एमालेमा जाने भन्ने कुनै निर्णय गरेको छैन, म स्वतन्त्र व्यक्तित्वहरुसंग परामर्शमै छु, उनले भने,‘चुनावमा जाने टुंगोमा पुगेको छु, सहकार्य वा स्वतन्त्रबाट जाने सल्लाह हुँदैछ ।’ आँफु सकभर नयाँ पार्टी निर्माण गरेर जाने पक्षमा रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>