चितवन विशेष
रेडक्रस लंकुको सभापतिमा सोमनाथ खरेल चयन
०

चितवन, असार ६–
नेपाल रेडक्रस सोसाइटी लंकु उपशाखाको सभापतिमा सोमनाथ खरेल सर्वसम्मत चयन भएका छन् ।
भरतपुर–४ लंकुको २४औ साधारणसभा तथा अधिवेशनबाट खरेलको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरिएको हो । यस्तै उपसभापतिमा भवानी कंडेल, सचिवमा देवेन्द्र पौडेल, सह–सचिवमा खगराज सापकोटा र कोषाध्यक्षमा आनन्द अधिकारी चयन भएका छन् ।
यस्तै अन्य पाँच जना सदस्यमा सर्वसम्मत चयन भएका छन् ।