राजनीति

वायु सेवा निगमका अध्यक्ष अधिकारी निलम्बन

Banner

काठमाडौँ, असार ६–

सरकारले विवादित बनेका नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । केहीदिन पहिले अध्यक्ष अधिकारी र पर्यटन मन्त्री प्रेम आलेबीच अश्लिल गालीगलौज गरिएको अडियो रेकर्ड समेत सार्वजनिक भएको थियो ।

निगमका पूर्वकर्मचारी अधिकारी गत कात्तिकमा अध्यक्ष नियुक्त भएका थिए । विवादित छवि भएका अधिकारीलाई हटाउन यसअघि नै नेपाल वायु सेवा निगमका कर्मचारीहरुले हटाउन माग गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>