Breaking News
सरकारले स्टकमा डिजेल पेट्रोल नसकी मूल्य बढाएर करोडौं घोटाला गर्योः एमाले सांसद पद्मा
काठमाडौँ, असार ६-
सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले स्टकमा भएको डिजेल पेट्रोल बिक्री रोकी मूल्य बृद्धि गर्दै करोडौँ रुपैयाँ घोटाला भएको नेकपा एमालेको भनाइ छ ।
मूल्यवृद्धि अघि आइतबार दिउँसोसम्म पेट्रोल पम्पहरुमा ३२ लाख ३४ हजार लिटर पेट्रोल र ४५ लाख २१ हजार डिजेल मौज्दात रहेको र मध्यरातदेखि भाउ बढाएर व्यापारीलाई पेट्रोलमा ६ करोड ७९ लाख १४ हजार र डिजेलमा १२ करोड २० लाख ६७ हजार रुपैयाँ गरी कुल १८ करोड ९९ लाख ८१ हजार घोटाला भएको एमाले सांसद पद्मा अर्यालले बताइन् ।
उनले पुरानो मूल्यमा आइतबार दिउँसो पेट्रोल पम्पहरुमा पेट्रोल र डिजेल पठाएर राति १२ बजेदेखि नयाँ मूल्य कायम गरी करोडौं रुपैयाँको चलखेल भएको उनको भनाइ छ । त्यस्तै यसभन्दा अगाडि २२ करोड रुपैयाँ घोटाला भएको भन्दै उनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट भएको घोटालाको छानविन गर्न आग्रह गरिन् ।