देश/प्रदेश

लेदोसहितको भलले बगाएर कपिलवस्तुमा दुई जना बेपत्ता

Banner

कपिलवस्तु, असार ६-

कपिलवस्तुको शिवराज नगरपालिका-१ पहिरा खोलाको लेदो सहितको पहिरोले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता भएका छन् । बिहान ७ः३० बजे प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा सडकबाट बग्दै गरेको भलले बगाएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा भारत बलरामपुर जिल्ला बस्ने १७ वर्षीय निखिल कौशल, १८ वर्षीय सुरज सोनी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी जेसी शाहले बताए । उनीहरु लु२ख २७१६ नम्बरको फोर्स गाडीबाट यात्रा गरिरहेका थिए ।

सडकमा पानीको भल देखेपछि उनीहररु गाडीबाट ओर्लिएर अवलोकन गर्दै हिड्ने क्रममा बगाएको सशस्त्र प्रहरी २८ नम्बर गणका प्रमुख सूर्यबहादुर सेन ओलीले बताए । बेपत्ताको खोजीको लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?