चितवन विशेष

चितवनमा गर्मी बढ्दै, अधिकतम तापक्रम पुग्यो ३८ डिग्री

Banner

चितवन, असार ५–

चितवनमा असार लागेसँगै ह्वात्तै गर्मी बढेको छ ।

केही समयदेखि क्रमिक रुपमा गर्मी बढे पनि असार लागेदेखि चितवनमा ह्वात्तै गर्मी बढ्दै गएको हो ।

भरतपुर एयरपोर्टले दिएको जानकारी अनुसार आज भरतपुरको न्यूनतम तापक्रम २३ र अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै हिजोको अधिकतम तापक्रम पनि ३५ डिग्री सेल्सियस नै रहेको एयरपोर्टले नारायणी अनलाइनलाई जानकारी दिएको छ ।

यस वर्ष अहिलेसम्म चितवनको अधिकतम तापक्रम केही दिन अघि भने ३८ डिग्री सेल्सियस रहेको छ ।

देश भरको मौसम:

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुनी वायुको प्रभाव प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मात्र छ । भने बाँकी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको छैन । त्यस्तै मनसुनी वायु पश्चिमी प्रवेश गर्न नसक्दा ती क्षेत्रमा अझै बर्खे झरी पर्न नसको महाशाखाले जानकारी दियो ।
हाल वर्षाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम आँकलन गरिएको छ । आज तराई एवम् चुरेका नदी नाला, खहरे खोलामा पानीको सतह बढ्न सक्ने संकेत पनि महाशाखाले देखाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.