चितवन विशेष

भरतपुरको नारायणी किनारमा भएको वृहत् योग शिविरमा ५०० जनाको सहभागिता

Banner

चितवन, असार ५-

भरतपुरको नारायणी नदी किनारमा वृहत् योग शिविर सम्पन्न भएको छ ।

विश्व योग दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास विरगंजको आयोजना तथा उद्योग वाणिज्य संघ–चितवन, नेपाल भारत मैत्री संघ, आर्ट अफ लिभिङको सहआयोजनामा सो शिविर सम्पन्न भएको हो ।

जुन २१ तारिकमा पर्ने विश्व योगा दिवसको अवसर पारी मानवता, शान्ति, स्वास्थ्य तथा सद्भावका लागि योगा भन्ने मूल नाराका साथ शिविर सम्पन्न भएको छ ।

योगा कार्यक्रममा बागमती प्रदेशका माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत नितेश कुमारको सहभागिता रहेको थियो ।

योगा कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्नवस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी, उवासंघ चितवनका साधारण सदस्य र सर्वसाधारणलगायत ५०० जनाको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area