चितवन विशेष

चितवनका व्यवसायीसँग भारतीय महावाणिज्यदूतको पर्यटन विकासबारे छलफल

Banner

चितवन, असार ५-

उद्योग वाणिज्य संघ–चितवनको सचिवालयमा नेपाल–भारत द्धिराष्ट्रिय पर्यटन विकाससम्बन्धी छलफल भएको छ ।

नेपालस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेशकुमार सहितको टोली र संघबीच छलफल भएको हो ।

छलफल कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले नेपाल–भारतबीच भौगोलिक सामिप्यतासहित सांस्कृतिक, सामाजिक र भावनात्मक सम्बन्ध रहेको बताउँदै यी समानतालाई ख्याल गर्दै पर्यटन आदानप्रदानगर्न सकिने बताए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले धार्मिक पर्यटन मार्फत् दुई देशको आर्थिक समृद्धिमा योगदान पु¥याउन सकिने विचार राखे ।

सोही कार्यक्रममा महावाणिज्यदूत नितेश कुमारले यस क्षेत्रको पर्यटन विकास तथा व्यवसायिक हितका कार्यक्रम गर्न दूतावास सदैव तयार रहेको बताए । कार्यक्रममा उनले चितवन जिल्ला विविधताले भरिपूर्ण भएकोले विकासको प्रचुर सम्भावना भएको बताउंँदै यसको प्रबद्र्धनमा सहयोग गर्ने बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले दुवै देशका व्यवसायीबीच विटुवी बैठक आयोजना गरी व्यवसायिक सेवा आदान प्रदान गर्नका लागि वाणिज्य दूतावासबाट पहल गरिदिनका लागि अनुरोध गरे ।

सोहीअवसरमा संघका अध्यक्ष चुननारायण श्रेष्ठले चितवन जिल्लाका विभिन्न पर्यटकीय गन्तब्यहरुको विवरणसहितको पर्यटन गाईड बुक हस्तान्तरण गरेका थिए ।
यसैगरी संघका उपाध्यक्ष राजेन्द्र ओलीले कोभिड १९ का कारण विक्षिप्त बनेको आर्थिक क्षेत्रको पुर्नउत्थानका लागि दुवै देशका व्यवसायीबीच सुमधुर सम्बन्ध स्थापित गर्दै नीतिगत समस्या समाधानका लागि पहल गर्नुपर्ने बताए । छलफल पश्चात निकट भविष्यमा भारतीय व्यवसायी र चितवनका व्यवसायीबीच छलफल कार्यक्रमको आयोजना गर्ने निर्णय भएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>