Breaking News
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, एसपीपीबारे छलफल हुने
०

काठमाडौं, असार ५-
अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का बारेमा संसदीय समितिमा जवाफ दिन नआएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोही विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाइएको बैठकमा एसपीपीका बारेमा छलफल गर्ने जनाउ दिएपछि गठबन्धनका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री देउवा नआएको भन्दै विपक्षी दलका सांसदहरूले चर्को आलोचना गरेका थिए ।
सत्तारुढ दलकै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण र एसपीपीबारे जवाफ दिनुपर्ने माग गर्दै आएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>