Breaking News

दुबईका राजकुमारले दिए मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार

Banner

झापा, असार ४-

तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन्।

श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए ।

प्रसाईंलाई राजकुमारले विमानस्थलमै सुनको लौरो हस्तान्तरण गरेका हुन् । राजकुमार झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको स्रोतले बताएको छ ।

राजकुमार मोक्तुमले बिर्तामोडमा रहेको बिएण्डसी तथा पुर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकनका साथै पेट सम्बन्धीको सिटी स्क्यान मेसीनको समेत उद्घाटन गर्ने छन् ।

दुर्गा प्रसाईको निमन्त्रणामा राजकुमार नेपाल आएको सो अस्पतालको सूचना शाखाले जनाएको छ । अस्पताल स्रोतका अनुसार झापासँगै काठमाडौं र पोखराको भ्रमण गर्ने कार्यतालिका छ । (सेतोपाटी)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.