Breaking News

स्थानीय तहमा एमालेको २० बुँदे संकल्प: शासक होइन जनताको सेवक बन्ने

Banner

काठमाडौँ, असार ४-

नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिको काठमाडौंमा भएको भेलाले ‘ जनताको सेवक बन्ने’ लगायतका २० बुँदे संकल्प प्रस्ताव जारी गरेको छ ।

बिहीबार र शुक्रबार भएको भेलाबाट जारी काठमाडौं संकल्पपत्र पारित गर्दै उनीहरूले परिवार, आफन्त र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने बताएका छन् । संकल्पको मुख्य मर्म ‘शासक होइन, जनताका सेवक हुने’ भन्ने छ ।

‘हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमुना बन्नेछन्,’ संकल्प प्रस्तावमा भनिएको छ, ‘आफूले कुनै भ्रष्टाचार गर्ने छैनौं र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछौं।’ भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहनमा संलग्नहरूलाई कानुनी कार्बाहीको दायरामा पु¥याउन अग्रणी भूमिका खेल्ने पनि जनप्रतिनिधिको घोषणा छ ।

समाजमा व्याप्त कुरीति, कुसंस्कार, रुढी र सामाजिक विकृतिविरुद्धको अभियानमा अग्रपंक्तिमा उभिएर सामाजिक–सांस्कृतिक रूपान्तरणको अगुवाइ गर्दै समाजको विकास, असल मूल्य, मान्यता र संस्कार स्थापित गर्न भूमिका खेल्ने उनीहरूको संकल्प छ । पारदर्शिता, जनताप्रतिको जवाफदेहिता, विधिको शासन र सुशासनमा विश्वास गर्दै आम सरोकारका सबै सूचनालाई पारदर्शी र सबैको पहुँचमा राख्ने घोषणा एमालेका जनप्रतिनिधिले गरेका छन् । ‘सेवाग्राहीलाई सहज, छरितो र सुलभ सेवा पुर्याउनु हाम्रो कर्तव्य हुनेछ । यसका लागि सेवा प्रवाहलाई प्रविधिमैत्री, बिना झन्झटिलो र पारदर्शी बनाउन लागिरहनेछौं। कुनै गुनासो आएमा सकारात्मक रूपमा लिएर तत्काल सम्बोधन गर्नेछौं,’ संकल्प प्रस्तावमा भनिएको छ ।

बेरुजु समयमै फस्र्योट गर्ने र जनताबाट प्राप्त हुने सबै प्रकारका राजस्वको पूर्ण एवम् प्रभावकारी सदुपयोग गर्ने संकल्पको बुँदामा उल्लेख छ । पूर्वाधार निर्माणका काम गर्दा वातावरणको संरक्षण र सन्तुलनलाई गम्भीर ध्यान दिने उनीहरूको घोषणा छ । प्राकृतिक स्रोतको संरक्षण, ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक धरोहर, मौलिक कला, संस्कृति र असल परम्पराहरू एवं जनताको सामूहिक सम्पदाका रूपमा रहेका क्षेत्रहरूको संरक्षण र संवद्र्धनमा संवेदनशील बन्ने एमालेको संकल्प छ । ‘पालिकाभित्र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनेछौं, आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गर्नेछौं, खानेपानी, सरसफाइ तथा वातावरण संरक्षण सुनिश्चित गर्नेछौं र नागरिकका मौलिक अधिकार कार्यान्वयनमा अग्रणी भूमिका खेल्नेछौं।’ संकल्पमा उल्लेख छ।

पालिकालाई लैंगिक हिंसामुक्त बनाउन, जातीय विभेद र छुवाछूत अन्त्य गर्न, बालश्रम निर्मूल गर्न तथा सामाजिक सद्भाव, सांस्कृतिक सहचार्य एवम् राष्ट्रिय एकताको जगलाई स्थानीय तहबाटै बलियो बनाउन भूमिका खेल्ने संकल्प प्रस्तावमा उल्लेख छ । ‘विकासको ढाँचालाई जनमुखी, सहभागितामूलक र दिगो बनाउनेछौं । योजना छनोट, कार्यान्वयन र अनुगमनमा स्थानीय समुदायको भूमिकालाई प्रवद्र्धन गर्नेछौं ।’

संकल्प प्रस्तावमा उल्लेख छ । स्थानीय उत्पादनको संवद्र्धन र प्रवद्र्धन गर्ने, समाजमा परिश्रमी, आत्मनिर्भर र राष्ट्रिय पुँजी निर्माणको प्रवृत्तिलाई प्रोत्साहन गर्ने, बचत गर्ने संस्कृतिलाई अभिप्रेरित गर्ने संकल्प प्रस्तावमा उल्लेख छ । सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढंगले र सार्वजनिक हितमा प्रयोग गर्ने घोषणा पनि एमालेका जनप्रतिनिधिले गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>