देश/प्रदेश
आज नेपालले प्राप्त गर्दौ नयाँ मिस नेपाल
०

काठमाडौँ, असार ४-
आज बेलुका ललितपुरमा मिस नेपालको ग्रान्ड फिनाले हुने भएको छ ।
कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो । ६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी गरी फिनालेमा २४ जना सुन्दरीबीच प्रतिस्पर्धा हुँदै छ । नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिनेछिन् ।
यसपटकको संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन् ।
यसपटक सुप्रान्यासनल टाइटललाई हटाइएको छ । मुख्य तीन टाइटलबाहेक बाँकी ९ वटा टाइटलको विजेतासमेत घोषणा हुने तयारी छ । आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् ।